सातामा १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 13, 2024 06:08 AM Merolagani



यस साता नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २००४.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता १.०६ प्रतिशत अर्थात २१.२५ अंक बढेर २०२५.३० विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ। यस साता दैनिक औषत शेयर संख्या ३१.५९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ११.६३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १.०८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३४ अर्ब बढेर ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१९ प्रतिशत बढेको छ। गत साता १८९७.६० विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ११७.४१ अंक बढेर २०१५.०१ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यसै उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।

त्यस्तै, यस साता होटल उपसमूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशत अर्थात १२७.५५ अंक घटेको छ। गत साता ५२४५.५२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५११७.९७ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता मन्दाकिनी हाइड्रोपावरको २ लाख ७९ हजार ३१७.५३ कित्ता शेयर सूचीकृत भएको छ।

यस साता पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक २९.०१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता जानकी फाइनान्सको शेयरमूल्य करिब २१ प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको शेयरमूल्य करिब साढे १८ प्रतिशत बढेको छ। कारोबारमा आएको तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य यस साता सर्वाधिक १३.६४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, महिला लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल (बालाजु), तारागाउँ रिजेन्सी होटल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।