ईरानले इजराइलमा गर्यो मिसाइल र ड्रोनबाट हमला, काउण्टर हमलामा अमेरिकाले इजरायलकाे साथ नदिने

Apr 14, 2024 09:53 AM Merolagani



ईरानको सेनाले इजरायलमा करिब २०० ड्रोन र मिसाइलबाट हमला शुरु गरेको छ। इजरायली सेनाले शनिवार अबेर राति सो हमलाको जानकारी दिएको हो। अमेरिकी सेनाले केही ड्रोन ध्वस्त छन् भने इजरायलको आइरन डोमले ईरानबाट आएको मिसाइलहरुलाई रोकेको छ।

टाइम्स अफ इजरायलका अनुसार इजराइलको मिलिट्री बेसमा क्षती भएको छ। एक बालिका पनि घाइते भएकी छिन्। इजरायली सेनाले ईरानमा केही ड्रोनहरु उडिरहेको देखेको बताएको छ जुन पुग्न केही समय लाग्नेछ।

इजरायली च्यानल १२ ले ईरानले ड्रोन हमला शुरु गरेको बताएको छ। केही ड्रोनलाई सिरिया र जोर्डनमा ध्वस्त गरिएको छ।

वास्तवमा, १ अप्रिलमा इजरायलले सिरियामा रहेको ईरानी एम्बेसी नजिकै एयरस्ट्राइक गरेको थियो। जसमा ईरानका दुई उच्च आर्मी कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो। त्यसपछि ईरानले बदला लिनका लागि इजरायलमा हमला गर्ने धम्की दिएको थियो।

काउण्टर हमलामा अमेरिकाले इजरायलको साथ नदिने

सिएनएनका अनुसार नेतन्याहूसँग फोनमा कुरा गर्दै बाइडेनले इजरायलले ईरानमाथि जवाफी कारवाही गरेमा अमेरिकाले उनीहरुलाई साथ नदिने बताएका छन्। एक्सियोसको रिपोर्ट अनुसार बाइडेनले इजरायलले ईरानमा हमला गरेमा अमेरिका बिरोध गर्नेछ।

(अनुवादित)




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।