त्रिभुवन विमानस्थलमा एक्सरे स्क्यानिङ मिसिन बिग्रिएको डेढ महिनामा पनि नबनाइएपछि कार्गाे व्यवसायी आन्दोलित

Apr 15, 2024 06:30 PM Merolagani



त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना वित्दा पनि मर्मत गर्नको लागि नेपाल पारवहन तथा गोदाम लिमिटेडले चासो नदेखाएपछि कार्गाे व्यवसायीहरु आन्दोलित भएका छन् ।

त्यसक्रममा उनीहरुले आइतबारबाट सामान निकासी गर्न बन्द गरेका छन् । व्यवसायीहरुले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार नगरेको र नयाँ थप्न पनि चासो नदिएकाले आफूहरु वाध्यभएर आन्दोलित हुनु परेको जानकारी दिएका छन्  ।

एक्सरे मेसिन ममर्तको लागि ३० लाख रुपैयाँ लाग्ने र त्यति रकम कम्पनीसंग नभएकोले मर्मत गर्न नसकिएको बताउने गरेको छ । कार्गाे व्यवसायी खेमराज सुवेदीले एक्सरे मेसिन नहुँदा सामान जाँचपास गराउन धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन रोकेर आन्दोलन गर्नु परेको बताए । उनले मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गरे ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।