सामसङ बन्याे शीर्ष स्मार्टफोन ब्राण्ड, एप्पलले गुमायाे ताज, आईफोन निर्यातमा १०% गिरावट

Apr 16, 2024 01:00 PM Merolagani



महँगो फोन बनाउने एप्पलले विश्वको शीर्ष स्मार्टफोन ब्राण्डको ताज गुमाएको छ । हाल सामसङ नम्बर वान ब्राण्ड बन्न सफल भएकाे छ । 

आईडीसीको प्रतिवेदन अनुसार गत वर्षको तुलनामा यस वर्षको जनवरी–मार्चमा आईफोनको निर्यात १० प्रतिशतले घटेको छ । साे वर्षमा सामसङको बजार हिस्सा २०.८५ र एप्पलको १७.३५ थियो।

चीनमा प्रतिबन्धका कारण आईफोन उत्पादन गर्ने कम्पनीको शेयर घट्याे

सामसङले हालै ग्यालेक्सी एस२४ सार्वजनिक गरेको कारण कम्पनीको बजार हिस्सा बढेको छ । जनवरी–मार्चमा यो फोनको कुल ६ करोड शिपमेन्ट गरिएको थियो । यस अवधिमा एप्पलको शिपमेन्ट ५.५४ करोडबाट घटेर ५.०१ करोडमा पुगेको छ ।

चीनमा आईफोनको बिक्री घट्याे

आईफोनको बिक्रीमा गिरावट हुनुकाे मुख्य कारण चीन रहेको छ । चीनमा आईफोनको बिक्री एक वर्षमा उल्लेखनीय रूपमा घटेको छ। अर्काेतर्फ चीनले आफ्नो स्मार्टफोनको प्रवर्द्धन पनि गरिरहेको छ । चीनले सरकारी अधिकारीहरूलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएकाे छ।

एआईकालागि लगानीकर्ताहरूको पर्खाइ 

लगानीकर्ताहरूले एप्पलमा एआई अपडेटहरूकालागि पर्खिरहेका छन्। कम्पनीले यस वर्षको सुरुवातमा माइक्रोसफ्टबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको ताज गुमाएको थियो।

एजेन्सीकाे सहयाेगमा ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।