पतञ्जली विज्ञापन मुद्दामा सर्वोच्च अदालतको आदेश, रामदेव र बालकृष्णले एक साताभित्र सार्वजनिक रूपमा माफी माग्नुपर्ने

Apr 16, 2024 02:35 PM Merolagani



सर्वोच्च अदालतले भ्रामक विज्ञापन मुद्दाका विषयमा मंगलबार योगगुरु रामदेव,उनका सहयोगी बालकृष्ण र पतञ्जली आयुर्वेदलाई सार्वजनिक रूपमा माफी माग्न आदेश दिएकाे छ । अदालतले उनीहरूलाई एक साताको समय दिएको छ । 

सुनुवाईको क्रममा रामदेव र बालकृष्ण दुवै उपस्थित थिए र उनीहरूले व्यक्तिगत रूपमा सर्वोच्च अदालतमा बिना शर्त माफी मागेका थिए।

न्यायाधिशहरू हिमा कोहली र अहसानुद्दीन अमानुल्लाहको संयुक्त इजलासले उनको माफीको संज्ञान लियो तर यो चरणमा उनीहरूले कुनै छुट दिने फैसला नगरेको स्पष्ट पारे। बालकृष्णसँग कुरा गर्दा बेञ्चले उनलाई भन्यो, 'तपाइले राम्रो काम गर्दै हुनुहन्छ तर एलोप्याथीलाई हाेच्याउन पाउनु हुन्न ।'

बेन्चसँग कुरा गर्ने रामदेवले पनि आफ्नो कुनै पनि हिसाबले अदालतको अनादर गर्ने मनसाय नभएको बताए। यद्यपि, बेन्चले बालकृष्णसँग सर्वोच्च अदालतले यस मुद्दामा आफ्नो अघिल्लो आदेशमा के भनेको छ भन्ने विषयमा उनीहरूलाई (पतञ्जली) थाहा नहुनुकाे हदसम्म पनि उनीहरू निर्दोष नरहेकाे पनि बतायाे ।

पतञ्जली भ्रामक मुद्दामा अप्रिल २३ मा सुनुवाई हुने

पतञ्जलिको भ्रामक विज्ञापन मुद्दामा अब अप्रिल २३ मा सुनुवाइ हुनेछ । सो दिन अदालतले बाबा रामदेव र पतञ्जलीका एमडी आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ । यसअघि मंगलबार सर्वोच्च अदालतमा यस विषयमा सुनुवाइ भएको थियो । सर्वोच्च अदालतमा सुनुवाईको क्रममा, मुकुल रोहतगीले अदालतसँग रामदेवले यस मुद्दामा सार्वजनिक रूपमा माफी माग्न चाहेकाे बताए। 

बाबा रामदेव र आचार्य बालकृष्णले आफ्नो उत्पादनको औषधीय प्रभावकारिताको बारेमा ठूलो दाबी गर्दै कम्पनीले जारी गरेको विज्ञापनमा सर्वोच्च अदालतमा बिना शर्त माफी मागेका छन् तर अदालतले उनीहरूलाई कुनै राहत दिएको छैन।

 

एजेन्सी ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।