सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस(POS) मेसिन र अनलाईन मार्फत १००० रूपैयाँ वा बढीको कारोबार गर्दा १७% वा बढिमा १७० रूपैयाँ क्यासब्याक दिइनेछ । यसैगरी, सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रूपैयाँ वा बढीको कारोबार गर्दा १७% वा बढीमा १७० रूपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
त्यसैगरी,बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । यसका साथै बैंकका निष्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रूपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंककाे देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकहरू रहेका छन्। हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बताएकाे छ ।