एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

Apr 17, 2024 05:36 PM Merolagani

एनएमबि बैंक(NMB)ले २०८१ बैशाख ५ गते, बुधवार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा,एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कटुवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी.,किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु,बैंकका कर्मचारी लगायत सर्वसाधारणहरु गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यको उपस्थिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५ लाख रूपैयाँको सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

बैंकले प्रदेश नं. १ मा इटहरी चोक देखि रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखि राम मन्दिर, चितवनमा भरतपुर शाखा देखि गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखि सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काँक्रेबिहार मन्दिरसम्म, महेन्द्रनगर शाखा देखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखा देखि कृष्ण मन्दिरसम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंककाे हाल देशभर २०१ शाखाहरु, १८६ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।