इसेवाबाट सोल्टीमा बुकिंग गरे क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने

Apr 18, 2024 01:07 PM Merolagani

इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स् तथा रिसोर्टस् बीच व्यावसायिक सहकार्यका लागि सम्झौता सम्पन्न भएकोछ । अब सोल्टी होटेल्स तथा रिसोर्टको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरुले इसेवाबाट सोल्टीको कुनै पनि होटलमा बसाई बुकिंगमा तथा खानपान गरेवापत क्यासब्याक र लोयाल्टी पोइन्ट पाउनेछन् ।

आइतबार इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रा. लि.का संचालक तथा सोल्टी होटल लि.का उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । सेा अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने,“सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रको लागि लागि उदाहरणीय कार्य हुनुको साथै प्रविधिको साथ लिएर आफ्ना प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै नै सहज र सरल हुनेछ । सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकहरुलाई निकै सजिलो र सहज हुनेछ । ”

उक्त हस्ताक्षर कार्यक्रममा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सो सम्झौताको सम्बन्धमा “ इसेवा र सोल्टी होटेल्स तथा रिसोर्टसको यो सहकार्यले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने छ । इसेवाका प्रयोगकर्ताहरुले पनि सोल्टी होटेल्स तथा रिसोर्टसका विभिन्न सेवा सुविधाहरुको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आवद्ध हुनका लागि समेत बाटो खुलेको छ । साथै इसेवाबाट सोल्टी होटेल्स तथा रिसोर्टसका सबै होटलहरुमा सहजै बुक गर्न मिल्नेछ ।”

देशभर इसेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या १ करोड १० लाख भन्दा बढि पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब २ करोड जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख ५० हजारको सङ्ख्यामा एजेन्ट नेटवर्क रहेको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।