लगानी कोष र सिउरी न्यादी पावरबीच शेयर प्रत्याभूति सम्झौता

Apr 18, 2024 04:17 PM Merolagani

नागरिक लगानी कोष(CIT) र सिउरी न्यादी पावर लिमिटेड(SIURI)बीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् ।

न्यादी पावरले प्रतिकिता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्कासन गर्दैछ । उक्त शेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार ४०० रुपैयाँ बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो ।

यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।