गत साता सामान्य अंक घटेको नेप्से, यस साता के होला?

Apr 28, 2024 06:18 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो। अघिल्लो साता १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, गत साता ६.२१ अंक घटेर १९६५.९३ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको टेवा क्षेत्र १९१५ देखि १९५० सम्म रहेको छ। त्यसैगरी, नेप्सेको प्रतिरोध क्षेत्र २११५ देखि २१५० सम्म रहेको छ।

बिक्रीकर्ता हाबी

गत साता नेप्सेले साप्ताहिक रुपमा रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्युम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १५.६९ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा झरेको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।