गत साता सामान्य अंक घटेको नेप्से, यस साता के होला?

Apr 28, 2024 06:18 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो। अघिल्लो साता १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, गत साता ६.२१ अंक घटेर १९६५.९३ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक पुगेको छ। हाल नेप्सेको टेवा क्षेत्र १९१५ देखि १९५० सम्म रहेको छ। त्यसैगरी, नेप्सेको प्रतिरोध क्षेत्र २११५ देखि २१५० सम्म रहेको छ।

बिक्रीकर्ता हाबी

गत साता नेप्सेले साप्ताहिक रुपमा रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्युम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १५.६९ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा झरेको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।