यस कारण घट्यो हिमालयन डिष्टिलरीको बिक्री आम्दानी, खुद नाफा कति?

May 03, 2024 07:10 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले मदिरा बिक्रीमार्फत २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास, उत्पादन लागतमा हुन पुगेको वृद्धि, माग तथा खपतमा गिरावटका साथै मदिरा बजारमा बढेको प्रतिस्पर्धा लगायतका कारणहरुले कम्पनीको बिक्री आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ६३.५१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४३.८३ प्रतिशत, सञ्चालनबाट हुने कुल आम्दानी ४१.६० प्रतिशत र सञ्चालन मुनाफा ६०.६६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ रुपैयाँ १५ पैसा घटेर १० रुपैयाँ ५० पैसामा झरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४१.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा रहेको छ।
२ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।

 



comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।