मुक्तिनाथ कृषि कम्पनीको आम्दानी उल्लेख्य बढ्यो, नाफा धनात्मक

May 12, 2024 09:16 AM Merolagani



मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २ करोड ९९ लाख रुपैयाँ ९९ लाख रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको आम्दानी उल्लेख्य बढेपछि खुद नाफा धनात्मक भएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११०.६३ प्रतिशत बढेर ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३३.४६ प्रतिशत बढेको छ भने कुल आम्दानी २३१.१९ प्रतिशत बढेको छ। सो अवधिमा कम्पनीको कुल खर्च ४३.०९ प्रतिशत मात्र बढेको छ।

नाफा धनात्मक भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २२८.८७ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।