अप्पर तामाकोशीको विद्युत बिक्री आम्दानी बढ्यो, नोक्सानी घट्यो

May 12, 2024 10:47 AM Merolagani



अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ अर्ब १७ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७.६४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४९.१८ प्रतिशत र वित्तीय खर्च ८.१४ प्रतिशत घटेको छ।

चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८.७६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा रहेको छ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ८ अ र्ब ६९ करोड रुपैयाँ ऋणात्मक रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।