प्रि ओपन सेसन अपडेटः ११ अंक बढ्यो नेप्से

May 16, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१३ अंक बढेर २०२९.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.९४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५७ स्टकको ४ लाख ६५ हजार २४१ रुपैयाँबराबरको १ हजार १०५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।