सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यान्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेकाे छ । पौडेल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत छन् ।
यस्तै, बैठकले नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।
नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरिएको छ । खड्का यसअघि पनि सो समितिको अध्यक्ष थिइन् ।