कनेक्ट आईपीएसको लाइफ इन्स्याेरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

May 20, 2024 02:32 PM Merolagani



कनेक्ट आईपीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी “कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाईफ इन्स्याेरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (४०,००० रूपैयाँसम्म)” अफर सार्वजनिक गरेको छ ।

यस आकर्षक अफर अन्तर्गत कनेक्ट आईपीएसबाट लाईफ इन्स्याेरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १,००० रूपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम ४० हजार रूपैयाँसम्म फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी एनसीएचएल(NCHL) को वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्याेरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ५३ सदस्य बैंक वित्तीय संस्था मार्फत ४,४५६ अर्ब रूपैयाँ बराबरको ५ करोड ८० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।