१० महिनामा नेपालको व्यापार घाटा पौने १२ खर्ब

May 20, 2024 04:14 PM MeroLagani



चालु आवको दशौं महिनामा पनि नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले केही वस्तु आयातमा रोक लगाएर खुला गरेको महिनौ बितिसक्दा पनि आयात व्यापारमा गिरावट जारी नै छ भने निर्यात समेत खासै बढ्न सकेको छैन ।

नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष सोही अवधिको भन्दा २ दशमलब ३९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो १० महिनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । पाम तेलको कारण निर्यात व्यापारमा वृद्धि देखिए पनि सो वस्तु निर्यात खस्केपछि भने नेपालको निर्यात व्यापारमा हरेक महिना घट्दै गएको देखिएको हो ।

उच्च आयात र न्यून निर्यातले गर्दा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

विभागको तथ्यांक अनुसार १० महिनामा नेपालको आयात निर्यात अनुपात १०.३३ गुणा रहेको छ भने कुल व्यापारमा निर्यात व्यापारको अंश ८ दशमलब ८३ प्रतिशत र आयात व्यापारको अंश ९१ दशलब १७ प्रतिशत रहेको छ ।

 




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।