१० महिनामा नेपालको व्यापार घाटा पौने १२ खर्ब

May 20, 2024 04:14 PM MeroLagani



चालु आवको दशौं महिनामा पनि नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले केही वस्तु आयातमा रोक लगाएर खुला गरेको महिनौ बितिसक्दा पनि आयात व्यापारमा गिरावट जारी नै छ भने निर्यात समेत खासै बढ्न सकेको छैन ।

नेपालले चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष सोही अवधिको भन्दा २ दशमलब ३९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

भन्सार विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो १० महिनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । पाम तेलको कारण निर्यात व्यापारमा वृद्धि देखिए पनि सो वस्तु निर्यात खस्केपछि भने नेपालको निर्यात व्यापारमा हरेक महिना घट्दै गएको देखिएको हो ।

उच्च आयात र न्यून निर्यातले गर्दा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

विभागको तथ्यांक अनुसार १० महिनामा नेपालको आयात निर्यात अनुपात १०.३३ गुणा रहेको छ भने कुल व्यापारमा निर्यात व्यापारको अंश ८ दशमलब ८३ प्रतिशत र आयात व्यापारको अंश ९१ दशलब १७ प्रतिशत रहेको छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।