बैशाखमा ह्वातै बढ्यो विद्युतीय गाडीको आयात, एक महिनामा भित्रिए १४ सय बढी विद्युतीय गाडी

May 20, 2024 06:17 PM Merolagani



चालु आर्थिक वर्षको बैशाखमा विद्युतीय गाडीको आयात ह्वातै बढेको छ चैत महिनाको तुलनामा बैशाखमा झण्डै ३ गुणा बढी विद्युतीय गाडी आयात भएको हो।

बैशाख एक महिनामा १ हजार ४०४ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ।

विभागको तथ्याँक अनुसार चैतमा ६५८ वटा विद्युतीय गाडी आयात भएका थिए। यस्तै फागुन महिनामा २७६ वटा मात्रै गाडी आगात भएको थियो। पुस महिनामा करिब १४ सय गाडी भित्रिएको थियो भने माघमा ११ सय गाडी आयात भएको थियो।

चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ८ करोड रुपैयाँ बराबरको ८ हजार ४९७ वटा विद्युतीय गाडी आयात भएका छन्। जसबाट सरकारले ९ अर्ब ३६ करोड रुपैयाँ राजस्व उठाएको छ।

पछिल्लो समय इन्धन गाडीको बजार इभीले खोस्दै गए पछि इन्धनबाट चल्ने गाडीको व्यापार न्यून छ । जसको कारण इभी गाडीको आयात बढ्दै गएको छ भने इन्धनबाट चल्ने गाडीको आयात कम भएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्याङ्कमा ५० किलोवाटसम्मका ३ हजार ४७२ गाडी आयात भएका छन्।

५० देखि १०० किलोवाटका ४ हजार ८९६ ओटा गाडी नेपाल भित्रिएका छन ।

यस्तै १०१ देखि २०० किलोवाटसम्मका १०५ वटा र २०१ किलोवाट माथिका २४ वटा मात्रै आयात भएका छन्।

५० किलोवाटसम्मका गाडीमा भारतको बर्चस्व रहँदा ५० देखि १०० किलोवाटसम्म चिनियाँ ब्रान्डका गाडी देखिएका छन्। जसमा ५० किलोवाट तलका टाटाको टियागोसँगै एमजी कोमेट भारतबाट आउँछन्। चीनबाट बीवाईडीको अट्टो ३,सेरेस ३ लगायतको आयात बढी रहेको छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।