को को जुध्न आउने हो,आए हुन्छ, कसैलाई बाँकी छाडिदैन- मेयर बालेन

May 20, 2024 06:57 PM Merolagani



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।

प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने सवारीका चालकहरूलाई पक्राउ गरेपछि आक्रोशित हुँदै उनले यस्ताे चेतावनी दिएका हुन् । साेमबार बेलुकी सामाजिक संजालमा एक स्टाटस लेख्दलै उनले फाेहाेर उठाउने सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन् ।

मेयर बालेन लेख्छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन!'

 

 




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।