को को जुध्न आउने हो,आए हुन्छ, कसैलाई बाँकी छाडिदैन- मेयर बालेन

May 20, 2024 06:57 PM Merolagani



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् ।

प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने सवारीका चालकहरूलाई पक्राउ गरेपछि आक्रोशित हुँदै उनले यस्ताे चेतावनी दिएका हुन् । साेमबार बेलुकी सामाजिक संजालमा एक स्टाटस लेख्दलै उनले फाेहाेर उठाउने सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन् ।

मेयर बालेन लेख्छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छाडिदैन!'

 

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।