प्रधानमन्त्री प्रचण्डसँग सुन छ, छैन शेयर, अन्य सम्पत्ति कति ?

May 21, 2024 05:44 PM Merolagani



सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । साेहि अनुरूपा मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरिएकाे हाे ।

उक्त विवरण अनुसार प्रधानमन्त्रीले भरतपुर महानगरपालिका १२ मा पैतृक सम्पत्तिका रूपमा  स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको छ । उक्त जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यसैगरी, सीता दाहालकै नाममा भरतपुर नगरपालिका १४ मा १४ कठ्ठा पार्किङ सहितकाे जग्गा भएकाे एक घर रहेकाे पनि विवरणमा उल्लेख गरिएकाे छ । यो अंशबाट प्राप्त सम्पत्ति भएको विवरणमा उल्लेख गरिएकाे छ ।

यसकासाथै प्रधानमन्त्रीसँग ५ तोला सुन रहेकाे छ । जुन  पैतृक सम्पत्ति रहेकाे बताइएकाे छ ।पुष्पकमल दाहालका नाममा भने एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ मौज्दात रकम रहेको बताइएकाे छ ।उनले उक्त रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा पाएकाे पनि उल्लेख गरिएकाे छ । 

यसबाहेक प्रधानमन्त्रीकाे अन्य कुनै पनि सवारी साधन, ऋण, शेयर तथा पशु धन छैन ।





comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।