प्रधानमन्त्री प्रचण्डसँग सुन छ, छैन शेयर, अन्य सम्पत्ति कति ?

May 21, 2024 05:44 PM Merolagani



सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । साेहि अनुरूपा मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरिएकाे हाे ।

उक्त विवरण अनुसार प्रधानमन्त्रीले भरतपुर महानगरपालिका १२ मा पैतृक सम्पत्तिका रूपमा  स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको छ । उक्त जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यसैगरी, सीता दाहालकै नाममा भरतपुर नगरपालिका १४ मा १४ कठ्ठा पार्किङ सहितकाे जग्गा भएकाे एक घर रहेकाे पनि विवरणमा उल्लेख गरिएकाे छ । यो अंशबाट प्राप्त सम्पत्ति भएको विवरणमा उल्लेख गरिएकाे छ ।

यसकासाथै प्रधानमन्त्रीसँग ५ तोला सुन रहेकाे छ । जुन  पैतृक सम्पत्ति रहेकाे बताइएकाे छ ।पुष्पकमल दाहालका नाममा भने एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ मौज्दात रकम रहेको बताइएकाे छ ।उनले उक्त रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा पाएकाे पनि उल्लेख गरिएकाे छ । 

यसबाहेक प्रधानमन्त्रीकाे अन्य कुनै पनि सवारी साधन, ऋण, शेयर तथा पशु धन छैन ।





राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।