गृहमन्त्री रवि लामिछानेसँग भन्दा उनकी श्रीमतीसँग धेरै सम्पत्ति, यस्ताे छ पूरा विवरण

May 21, 2024 06:01 PM Merolagani



सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेकाे थियाे । जस अनुसार मंगलबार उनीहरूकाे सम्पत्ति सार्वजनिक गरेकाे हाे ।

उक्त विवरणमा गृहमन्त्री लामिछानेकाे सम्पत्ति प्रायः उनकै श्रीमती निकिता पाैडेलकाे नाममा रहेकाे उल्लेख गरिएकाे छ। 

तर गृहमन्त्री लामिछानेकै नाममा भने पैतृक सम्पत्ति भन्दै भक्तपुरमा १ राेपनी १ आना जग्गा छ । यस्तै, ग्लाेबल आईएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रूपैयाँ रहेकाे छ । यि बाहेक सबै पत्नी निकिता पाैडेलकाे नाममा रहेकाे सम्पत्ति छ ।

यसैगरी, काठमाडाैं वडा नं ७ स्थित गाेपीकृष्ण प्रा.लि (पत्नी निकिता पौडेलकाे शेयर) १० राेपनी ८ आना -२५ प्रतिशत शेयर रहेकाे छ ।

निकिता पाैडेलकाे भने काठमाडाैंकाे बुढानिलकण्ठ-८ मा ५ आना जग्गामा बनेकाे घर रहेकाे छ । जुन बैंकबाट ऋृण लिएर बनाएकाे र अझैपनि साढे एक कराेड रूपैयाँ तिर्न बाँकी रहेकाे विवरणमा उल्लेख गरिएकाे छ । साे घरकाे मूल्य ३ कराेड ७५ लाख रहेकाे बताइएकाे छ ।

लामिछानेकाे श्रीमतीकाे नाममा करीब ८० ताेला सुन र १५ देखि २० किलाे चाँदीका भाँडाकुँडा रहेकाे छ। यस्तै, पाैडेलकाे नाममा विभिन्न बैंकमा साढे पाँच लाख भन्दा बढी नगद माैजदात रहेकाे पनि विवरणामा उल्लेख गरिएकाे छ ।

सम्पत्तिकाे विस्तृत विवरण यस्ताे छः 

 





नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'

Mar 03, 2026 01:21 PM

मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।