उक्त विवरणमा गृहमन्त्री लामिछानेकाे सम्पत्ति प्रायः उनकै श्रीमती निकिता पाैडेलकाे नाममा रहेकाे उल्लेख गरिएकाे छ।
तर गृहमन्त्री लामिछानेकै नाममा भने पैतृक सम्पत्ति भन्दै भक्तपुरमा १ राेपनी १ आना जग्गा छ । यस्तै, ग्लाेबल आईएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रूपैयाँ रहेकाे छ । यि बाहेक सबै पत्नी निकिता पाैडेलकाे नाममा रहेकाे सम्पत्ति छ ।
यसैगरी, काठमाडाैं वडा नं ७ स्थित गाेपीकृष्ण प्रा.लि (पत्नी निकिता पौडेलकाे शेयर) १० राेपनी ८ आना -२५ प्रतिशत शेयर रहेकाे छ ।
निकिता पाैडेलकाे भने काठमाडाैंकाे बुढानिलकण्ठ-८ मा ५ आना जग्गामा बनेकाे घर रहेकाे छ । जुन बैंकबाट ऋृण लिएर बनाएकाे र अझैपनि साढे एक कराेड रूपैयाँ तिर्न बाँकी रहेकाे विवरणमा उल्लेख गरिएकाे छ । साे घरकाे मूल्य ३ कराेड ७५ लाख रहेकाे बताइएकाे छ ।
लामिछानेकाे श्रीमतीकाे नाममा करीब ८० ताेला सुन र १५ देखि २० किलाे चाँदीका भाँडाकुँडा रहेकाे छ। यस्तै, पाैडेलकाे नाममा विभिन्न बैंकमा साढे पाँच लाख भन्दा बढी नगद माैजदात रहेकाे पनि विवरणामा उल्लेख गरिएकाे छ ।
सम्पत्तिकाे विस्तृत विवरण यस्ताे छः