यी हुन सूचीकृत शेयरमा लगानी भएका मन्त्रीहरु, प्रधानमन्त्री र अर्थमन्त्रीको भने शेयर शून्य

May 21, 2024 07:22 PM MeroLagani

प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको कुनै कम्पनीमा शेयर लगानी छैन ।

सरकारले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणमा उल्लेख भए अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद आचार्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयर रहेको छ । अन्य मन्त्रीहरुसँग भने नेप्सेमा सूचीकृत नभएका कम्पनीको समेत शेयर रहेको सम्बन्धित मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका श्रीमती जुलीकुमारी महताको नाममा गुडवील फाइनान्स र लक्ष्मी बैंकको गरी ५ लाख रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी जुली महतोकै नाममा महिला लघुवित्तको १ करोड रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको २ करोड ५० लाख रुपैयाँको शेयर छ । जुली महतोको नाममा तीनवटै कम्पनीमा गरी ३ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर रहेका सम्पत्ति विवरणमा उल्लेख छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको नाममा फरवार्ड माइक्रोफाइनान्स २ लाख ४२ हजार १ सय ५ कित्ता शेयर तथा अन्य अन्य विभिन्न कम्पनीहरुमा गरेर १ लाख ५० हजार कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री चौधरीले शेयर कित्ता उल्लेख गरे पनि रकम भने सम्पत्ति विवरणमा उल्लेख गरेका छैनन् ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले १ करोड ९ लाख ८० हजार ५ सय ९ रुपैयाँ बराबरको नेप्सेमा सूचीकृत १५ हजार ९ सय ६ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले श्रीमान कृष्णध्वज खड्का र छोरीहरु समेतको नाममा विभिन्न कम्पनीहरुको गरेर करिब १५ सय कित्ता शेयर रहेको उल्लेख गरेका छन् । कम्पनीको नाम भने उनले सम्पत्ति विवरणमा समावेश गरेको छैन ।

त्यस्तै श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफ्नो सम्पत्ति विवरणमा मेगा बैंकको १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् । त्यसका साथै बिग इन्भेष्टमेन्टमा ३५ लाख रुपैयाँ बराबरको ३५ हजार कित्ता, पिपुल्स इन्भेष्टमेन्टमा ९ लाख रुपैयाँ बराबरको ९ हजार कित्ता र जनसागर सहकारीमा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् । त्यसैगरी अम्बिका केसीको नाममा सुवर्णभूमि सहकारीमा १ लाख रुपैयाँ १ हजार कित्ता र संयम सहकारीमा २ लाख रुपैयाँ बराबरको २ हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुबाले हस्तान्तरण गरेको नबिल बैंकको ७ सय ४९ कित्ता शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसका साथै नेप्सेमा सूचीकृत नभएको कोशी कोल्यवासमा ३० प्रतिशत, बटु्का विभरी ७० प्रतिशत र चेनेला काठमाडौं २५ प्रतिशत शेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

नेप्सेमा सूचीकृत नभएका कम्पनीमा शेयर रहेका मन्त्रीहरु

राष्ट्रिय स्वतन्त्र पाटीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा ८ करोड ७५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत शेयर रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीकी श्रीमती जयलक्ष्मी देवी जोशीको नाममा रगुनखोलाको ८ लाख रुपैयाँको शेयर रहेको छ भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले न्यु एरा रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, पोखरामा ५० लाख रुपैयाँ बराबरको शेयर लगानी गरेका छन् । त्यस्तै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका छोरा मनोज अधिकारीको नाममा संखुवासभाका भिजन इनर्जी १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता शेयर रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सम्पत्ति विवरणमा प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटालिटी प्रालिमा ८ लाख बराबरको ८ हजार कित्तो शेयर रहेको उल्लेख छ ।

वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले सम्पत्ति विवरणमा जानकी फन पार्कमा मञ्जु शाहको नाममा १ करोड ३५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत शेयर रहेको खुलाएका छन् ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।