युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद जारी गरी पूँजीवृद्धि गर्ने

May 24, 2024 10:41 AM Merolagani



युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले हकप्रद शेयर जारी गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले १०० बराबर १५ अनुपात अर्थात हल कायम १०० कित्ताबापत नयाँ १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।