युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद जारी गरी पूँजीवृद्धि गर्ने

May 24, 2024 10:41 AM Merolagani



युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले हकप्रद शेयर जारी गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले १०० बराबर १५ अनुपात अर्थात हल कायम १०० कित्ताबापत नयाँ १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।