अदालतद्वारा बुढानीलकण्ठ नगरपालिकाका मेयरलाई १ महिना कैद सजायकाे फैसला

May 26, 2024 07:07 PM Merolagani



बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद हुने भएकाे छ । जिल्ला अदालत काठमाडौंले उनलाई आईतबार सजाय सुनाएको हाे । मेयरसँगै अन्य तीन जनालाई एक महिना कैदको सजाय सुनाइएकाे छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको अवहेलना गरेकाे भन्दै मेयर अधिकारी, वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई पनि अदालतले कैद सजायकाे फैसला गरेकाे छ ।

अधिकारीमाथि अदालतले चलन चलाइदिनू भनेको जग्गा समेत नगरपालिकाले आफ्नो कब्जामा राखिरहनुलाई अदालतको अवहेलना बताएकाे छ ।

अदालतको आदेश अनुसार उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको हाे ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।