अदालतद्वारा बुढानीलकण्ठ नगरपालिकाका मेयरलाई १ महिना कैद सजायकाे फैसला

May 26, 2024 07:07 PM Merolagani



बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद हुने भएकाे छ । जिल्ला अदालत काठमाडौंले उनलाई आईतबार सजाय सुनाएको हाे । मेयरसँगै अन्य तीन जनालाई एक महिना कैदको सजाय सुनाइएकाे छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको अवहेलना गरेकाे भन्दै मेयर अधिकारी, वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई पनि अदालतले कैद सजायकाे फैसला गरेकाे छ ।

अधिकारीमाथि अदालतले चलन चलाइदिनू भनेको जग्गा समेत नगरपालिकाले आफ्नो कब्जामा राखिरहनुलाई अदालतको अवहेलना बताएकाे छ ।

अदालतको आदेश अनुसार उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको हाे ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।