मोदीलाई अमेरिकाले यसाे भन्यो

Jun 06, 2024 01:43 PM Merolagani



भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएपछि अमेरिकाले माेदीलाई साथ दिने कुरा दाेहाेर्याएकाे छ ।

बुधबार अमेरिकी विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा विभागका प्रवक्ता म्याथ्यु मिलरले भारतमा चुनावी नतिजाबारे सोधिएको प्रश्नमा भने, ‘प्रधानमन्त्री र उनको गठबन्धनले सरकार बनाउने, यी सबै जनताले रोज्ने कुरा हो । हामी भारतीय जनताको चाहनालाई सम्मान गर्छौँ ।’ बाइडेन प्रशासनले भनेको छ, ‘पहिला जसरी अहिले पनि हामी प्रधानमन्त्री मोदीसँग काम गरिरहने छौँ । भविष्यमा पनि हाम्रो प्राथमिकता यही हुनेछ ।'




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।