खल्तीमा स्टैंडर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने

Jun 09, 2024 05:40 PM Merolagani



खल्ती र स्टैंडर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बिच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ। यस साझेदारी सँगै अब स्टैंडर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

यस साझेदारी भए पछि ग्राहकहरूले स्टैंडर्ड चार्टर्ड बैंकको एप– ‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् । बिना झन्झट खल्ती लोड गरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिनेछ। ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन्।

स्टैंडर्ड चार्टर्ड बैंकको एप– एस् सी मोबाइल नेपाल प्रयोग गरी निम्न तरिकाले खल्ती लोड गर्न सकिन्छ :

१) बैंकिङ एप भित्र जाने
२) माथिल्लो भागको बायाँ कुनामा रहेको तिन धर्कामा ट्याप गर्ने
३) ‘बिल पेमेन्ट’ मा छनोट गर्ने
४) ‘लोड वालेट’ भित्र ‘लोड खल्ती’ छनोट गर्ने
५) विवरण भर्ने
६) बैंकको साइन इन गर्ने
७) प्राप्त भएको OTP/eTAC राख्ने
८) लोड पूरा गर्ने

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो सुविधा सँगै अब स्टैंडर्ड चार्टर्ड बैंकका ग्राहकहरूले खल्तीमा आबद्ध भई युटिलिटी बिल भुक्तानी, बुकिङ साथै खल्तीका अन्य नवीनतम सुविधाहरू निर्बाध रूपमा प्रयोग गर्न पाउनेछन्।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।