कुमारी बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला

Jun 10, 2024 01:23 PM Merolagani



कुमारी बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला भएको छ । बैंकको १४ लाख ६१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको हो ।

बैंकको उक्त संस्थापक शेयरमा बैंकका संस्थापक शेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुकहरुले असार ३ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन बुझाउनु पर्नेछ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।