कुमारी बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला

Jun 10, 2024 01:23 PM Merolagani



कुमारी बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला भएको छ । बैंकको १४ लाख ६१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको हो ।

बैंकको उक्त संस्थापक शेयरमा बैंकका संस्थापक शेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुकहरुले असार ३ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन बुझाउनु पर्नेछ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।