५ बजेसम्म बैंकहरुको मोबाइल बैंकिंग नचल्ने, क्यूआर स्क्यान लगायतका डिजिटल सेवा प्रभावित हुने

Jun 10, 2024 01:50 PM Merolagani



सोमबार ४ घण्टाको लागि बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको छ। फोन पे ले डाटाबेस अपग्रेट गर्न लागेकोले बैंकहरुको मोबाइल बैंकिंग नचल्ने भएको हो।

भुक्तानी प्रणाली सञ्चालक फोन पे ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । सोमबार बिहान १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

अधिकाँश बैंकहरुको अनलाइन बैंकिंग फोनपेले सञ्चालन गरेको छ। यसले गर्दा क्यूआर स्क्यान लगायतका डिजिटल बैंकिङ सेवा प्रभावित हुनेछ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।