रेमिट्यान्स बढ्ने क्रम रोकिएन, बैशाखमा भित्रियो १ खर्ब १६ अर्ब

Jun 10, 2024 04:58 PM Merolagani



रेमिट्यान्स आप्रवाह निरन्तर बढ्दो क्रममा नै देखिएको छ। चालु आर्थिक वर्षमा निरन्तर १ खर्ब माथिको रेमिट्यान्स नेपाल भित्रिरहेको छ।

नेपाल रागट्र बैंकको तथ्याँक अनुसार बैशाख महिनामा मात्रै १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। चैतसम्ममा १० खर्ब ८२ अर्ब ६२ करोड रेमिट्यान्स भित्रिएकोमा बैशाखसम्ममा ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स भित्रिएको छ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.२ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।