माउन्टेन इनर्जीको बोनस शेयर हितग्राही खातामा

Jun 11, 2024 06:33 AM Merolagani



माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ। कम्पनीले १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो।

गत चैत १३ गते सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा सो बोनस शेयर जम्मा गरेको हो। सो बोनस शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।