कुमारी बैंक र बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

Jun 11, 2024 11:48 AM Merolagani



दुई कम्पनीहरूले संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्न लागेका छन् । कुमारी बैंक र बेष्ट फाइनान्सले संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन् ।

बेष्ट फाइनान्सले ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता र कुमारी बैंकले ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक विक्रीमा ल्याएको हो ।

कुमारी बैंकको संस्थापक शेयर खरिद गर्न इच्छुकहरुले जेठ २९ गते अर्थात आजदेखि असार ४ गतेसम्म आवेदन गर्न सक्नेछन । त्यसैगरी, बेष्ट फाइनान्सको संस्थापक शेयर असार ४ गतेदेखि ११ गतेसम्ममा खरिद गर्न सकिने छ ।

उक्त दुवै कम्पनीको शेयरको मूल्य १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अकित गरी आवेदन पेश गर्न सकिनेछ । कुमारी बैंकको संस्थापक शेयर खरीदका लागि भने न्यूनतम एक लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । कुमारी बैंकको शेयर खरीदका लागि शेयर विक्री प्रबन्धक कुमारी क्यापिटलमा आवेदन पेश गर्नुपर्नेछ ।

त्यसैगरी, बेष्ट फाइनान्सको न्यूतम एक हजार कित्तादेखि अकितम सम्पूर्ण कित्तासम्मको लागि आवेदन गर्न सकिनेछ । बेष्ट फाइनान्सको शेयर खरीदका लागि केन्द्रीय कार्यालय कमलादी, फाइनान्स क्म्पनीक शाखा कार्यालयहरू बुटवल, नेपालगञ्ज, दाङ , इटहरी, नारायणगढ, विरगञ्ज र पोखराबाट आवेदन दिन सकिनेछ । साथै ग्लोबल आइएमई बैंकको उपत्यका वाहिरका शाखा कार्यालयहरू सुर्खेत, धनगढीबाट पनि आवेदन पेश गर्न सकिनेछ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।