श्रीमानले इन्स्टाग्राम चलाउन नदिएपछि एक महिलाले गरिन् आत्महत्या

Jun 11, 2024 02:01 PM Merolagani



भारतमा एक महिलाले आफ्नो श्रीमानले इन्स्टाग्राम चलाउन नदिएकाे भन्दै आत्महत्या गरेकी छिन् । याे घटना नोएडाकाे हाे । ती महिला आफ्नो घरको पंखामा झुण्डिएकाे अवस्थामा फेला परेकी थिइन् ।

भारतीय संचारमाध्यमका अनुसार महिलाका श्रीमानले उनलाई इन्स्टाग्राम चलाउन निषेध गरेका कारण उनी रिसाएकी थिइन् । साेहि विषयमा उनीहरूबीच निकै झगडा भएको थियो । विवाद बढ्दै गएपछि आक्रोशित महिलाले झुण्डिएर आत्महत्या गरिन् ।

भारतीय प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । यस विषयमा अनुसन्धान जारी रहेकाे प्रहरीकाे भनाइ छ।

प्रहरीका अनुसार श्रीमानले इन्स्टाग्राम प्रयोग नगर्न भनेपछि ती महिलाले सोमबार आत्महत्या गरेकी हुन् ।

मृतक महिलाको परिवार नोएडाको सेक्टर-३९ थाना क्षेत्रको सदरपुर कालोनीमा बस्छ। नोएडा प्रहरीका प्रवक्ताका अनुसार सोमबार इन्स्टाग्राम प्रयोग गरेकोमा महिलाको श्रीमानसँग झगडा भएको थियो। झगडाको केही समयपछि महिलाले घरको एउटा कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र घटनास्थलको निरीक्षण गरेको प्रवक्ताले बताए । अहिले महिलाको शवलाई पोष्टमार्टमका लागि पठाइएकाे छ ।

याे दम्पतीको विवाह भएकाे ९ वर्ष भइसकेको थियाे । उनीहरूकाे दुई सन्तान छन्। मृतक महिलाका श्रीमान र परिवारका अन्य सदस्यसँग सोधपुछ भइरहेको छ । सामाजिक सञ्जालका कारण यी जोडीबीच झगडा हुने गरेको छिमेकीहरु बताउँछन् ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।