सुन तथा चाँदीको मूल्यमा भारी गिरावट

Jun 23, 2024 11:14 AM Merolagani



असार ९ गते, आइतबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी तोलाको ५० रुपैयाँ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन घटेर १ लाख ४२ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, यस दिन तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

संघका अनुसार यस दिन चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी एक तोलाको १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।