सुन तथा चाँदीको मूल्यमा भारी गिरावट

Jun 23, 2024 11:14 AM Merolagani



असार ९ गते, आइतबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी तोलाको ५० रुपैयाँ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन घटेर १ लाख ४२ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, यस दिन तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

संघका अनुसार यस दिन चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी एक तोलाको १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।