हकप्रद शेयर निष्काशन गर्न यूनाइटेड अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

Jun 26, 2024 12:08 PM Merolagani



यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले हकप्रद शेयर निष्काशनको कार्य गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हकप्रद शेयर निष्काशन गर्न इन्स्योरेन्स र क्यापिटलले असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रधान कार्यालय सुन्धारामा हस्तारक्षर गरेका हुन्।

गत जेठ ३१ गते सम्पन्न यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

 



चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।