हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई

Jun 27, 2024 01:49 PM MeroLagani



हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पदमुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी शाहलाई पदमुक्त गरेको हाे ।


सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । शाह कम्पनीमा २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्त भएका थिए । शाह हाल अमेरिका भ्रमणमा रहेका छन् ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।