मेरोलगानीद्वारा नागरिक लगानी कोषका कर्मचारीलाई एक दिने प्राविधिक विश्लेषण तालिम प्रदान

Jun 30, 2024 08:27 AM Merolagani



मेरोलगानीले नागरिक लगानी कोषका कर्मचारीहरुलाई एक दिने प्राविधिक विश्लेषण तालिम प्रदान गरेको छ। मेरोलगानीले गत असार १४ गते, नागरिक लगानी कोषकै भवनमा सो तालिम दिएको हो।

तालिममा नागरिक लगानी कोषका १७ जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। तालिममा नागरिक स्टक डिलरका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

कोषका कर्मचारीहरुलाई, लामो समयदेखि नेपाल शेयरबजारमा प्राविधिक विश्लेषण गरिरहेका अनुभवि विश्लेषक सन्तोष सिंह लिङ्गदेनले तालिम दिएका हुन्।

मेरोलगानीले विभिन्न समयमा शेयर बजारमा प्राविधिक विश्लेषण गरी लगानी गर्न चाहने लगानीकर्ताहरुलाई एक दिने प्राविधिक विश्लेषणको तालिम दिँदै आइरहेको छ। सोही कार्यक्रमको निरन्तरता अनुरुप गत शुक्रबार, मेरोलगानीले नागरिक लगानी कोषका कर्मचारीहरुलाई तालिम दिएको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।