मेरोलगानीद्वारा नागरिक लगानी कोषका कर्मचारीलाई एक दिने प्राविधिक विश्लेषण तालिम प्रदान

Jun 30, 2024 08:27 AM Merolagani



मेरोलगानीले नागरिक लगानी कोषका कर्मचारीहरुलाई एक दिने प्राविधिक विश्लेषण तालिम प्रदान गरेको छ। मेरोलगानीले गत असार १४ गते, नागरिक लगानी कोषकै भवनमा सो तालिम दिएको हो।

तालिममा नागरिक लगानी कोषका १७ जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। तालिममा नागरिक स्टक डिलरका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

कोषका कर्मचारीहरुलाई, लामो समयदेखि नेपाल शेयरबजारमा प्राविधिक विश्लेषण गरिरहेका अनुभवि विश्लेषक सन्तोष सिंह लिङ्गदेनले तालिम दिएका हुन्।

मेरोलगानीले विभिन्न समयमा शेयर बजारमा प्राविधिक विश्लेषण गरी लगानी गर्न चाहने लगानीकर्ताहरुलाई एक दिने प्राविधिक विश्लेषणको तालिम दिँदै आइरहेको छ। सोही कार्यक्रमको निरन्तरता अनुरुप गत शुक्रबार, मेरोलगानीले नागरिक लगानी कोषका कर्मचारीहरुलाई तालिम दिएको हो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।