प्राधिकरणद्धारा बीमा दाबी भुक्तानी मार्गदर्शन जारी, बीमा कम्पनीहरुले नयाँ विभाग गठन गर्नु पर्ने, संचालन खर्च बढ्ने

Jun 30, 2024 05:47 PM Merolagani



नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । यो मार्गदर्शनसँगै बीमा कम्पनीहरुको लागि संचालन खर्च बढ्ने भएको छ । 

बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर यो मार्गदर्शन जारी गरेको प्राधिकरणले हरेक बीमा कम्पनीहरुलाई ‘बीमा दाबी विभाग’ र संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्न आदेश दिएको छ । त्यसका लागि बीमा कम्पनीहरुले विभागमा विभागीय प्रमुख सहित आवश्यक सङख्यामा कर्मचारी नियुक्त गनुपर्ने हुन्छ । त्यसो गर्दा हरेक बीमा कम्पनीहरुले कम्तिमा ५ देखि १० जनासम्म नयाँ कर्मचारी थप गर्नु पर्ने र त्यसबाट कम्पनीहरुको मासिक संचालन खर्च लाखौं रुपैँयाले बढ्ने निश्चित छ ।

प्राधिकरणले निर्जीवन बीमा दाबीका लागि जाँचबुझको व्यवस्था समेत गरिएको छ । बीमा दाबीका लागि बीमितले आवश्यक कागजात सहित निवेदन दर्ता गरेको सात दिनभित्र बीमकले आवश्यक जाँचबुझ गरी दाबी भुक्तानी दिनुपर्ने व्यवस्था समेत गरिएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।