प्राधिकरणद्धारा बीमा दाबी भुक्तानी मार्गदर्शन जारी, बीमा कम्पनीहरुले नयाँ विभाग गठन गर्नु पर्ने, संचालन खर्च बढ्ने

Jun 30, 2024 05:47 PM Merolagani



नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गरेको छ । यो मार्गदर्शनसँगै बीमा कम्पनीहरुको लागि संचालन खर्च बढ्ने भएको छ । 

बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर यो मार्गदर्शन जारी गरेको प्राधिकरणले हरेक बीमा कम्पनीहरुलाई ‘बीमा दाबी विभाग’ र संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्न आदेश दिएको छ । त्यसका लागि बीमा कम्पनीहरुले विभागमा विभागीय प्रमुख सहित आवश्यक सङख्यामा कर्मचारी नियुक्त गनुपर्ने हुन्छ । त्यसो गर्दा हरेक बीमा कम्पनीहरुले कम्तिमा ५ देखि १० जनासम्म नयाँ कर्मचारी थप गर्नु पर्ने र त्यसबाट कम्पनीहरुको मासिक संचालन खर्च लाखौं रुपैँयाले बढ्ने निश्चित छ ।

प्राधिकरणले निर्जीवन बीमा दाबीका लागि जाँचबुझको व्यवस्था समेत गरिएको छ । बीमा दाबीका लागि बीमितले आवश्यक कागजात सहित निवेदन दर्ता गरेको सात दिनभित्र बीमकले आवश्यक जाँचबुझ गरी दाबी भुक्तानी दिनुपर्ने व्यवस्था समेत गरिएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।