महिन्द्राको अलइलेक्ट्रिक एक्सयूभी ४००काे बुकिङ शुरू, कति छ मूल्य ?

Jul 01, 2024 07:02 PM Merolagani



अटोमोटिभ उद्योगमा ग्लोबल लिडर महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले महिन्द्रा एक्सयूभी ४०० सार्वजनिक गरेको छ । योसँगै एक्सयूभी ४०० पालको लागि महिन्द्राको पहिलो विद्युतीय एक्सयूभी ४००को रूपमा स्थापित भएको कम्पनीले जनाएको छ । साथै ग्राहकहरूका लागि पर्यावरण-मैत्री यात्राको लागि नयाँ मानक स्थापित भएको कम्पनीको दाबी छ ।

एक्सयूभी ४०० यसको चौथो सदस्यको रूपमा ट्विन पिक्स परिवारमा सामेल भएको छ । जसले उच्च-प्रदर्शन, स्टाइलिश, र प्राविधिक रूपमा उन्नत एसयूभीहरु प्रदान गर्न महिन्द्राको समर्पणलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

स्ट्यान्डआउट एक्सयूभी ४०० इएल प्राे भेरियन्टमा एक शक्तिशाली ३९.४ किलोवाट ब्याट्री रहेकाे छ । यसले सिंगल पेडल र कुशल ड्राइभिङ अनुभव दिने कम्पनीले जनाएकाे छ ।

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको अटोमोटिभ डिभिजनका ईन्टरनेशनल ओपेरसनसका हेड सचिन अरोलकरले नेपालमा महिन्द्रा एक्सयूभी ४०० प्रस्तुत गर्न पाउँदा खुशी व्यक्त गरेका छन । 'एक्सयूभी ४०० स्थिरता र नवीनताका लागि हाम्रो प्रतिबद्धताको प्रमाण हो, जसले महिन्द्रा एसयूभीको असहजतालाई लाई विद्युतीय शक्तिको वातवरण सँग मेल गराउनेछ। नेपालको विविध भूभाग र शहरी परिदृश्यले ह्ग्ख् द्धण्ण्लाई आफ्नो क्षमता प्रदर्शन गर्ने अनौठो अवसर प्रदान गर्दछ,' उनले भने, 'द्रुत गति, विस्तारित दायरा र बलियो सुरक्षा सुविधाहरूको साथ, ह्ग्ख् द्धण्ण्ले आधुनिक उपभोक्ताहरूको विकसित आवश्यकताहरू पूरा गर्दछ। यसले नेपालमा विद्युतीय सवारीका लागि नयाँ मापदण्ड स्थापित गर्नेछ र अतुलनीय प्रदर्शन, सुरक्षा र सुविधा प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,' उनले थपे ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले समारोहमा भने, 'एक्सयूभी ४०० ले प्रतिस्प्राधार्त्मक मूल्यमा उत्कृष्ट प्रदर्शन, डिजाइन, स्पेस र प्रविधिको आकर्षक प्रस्ताव प्रदान गर्दछ। यो सेगमेन्टलाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं। हामी विश्वस्त छौं कि हाम्रो यो विद्युतीय एसयूभीले नेपाललाई थप उपभोक्ताहरूलाई विद्युतीय सेवा लिन उत्साहित र प्रेरित गर्नेछ। यसले नेपालका लागि दिगो गतिशीलता समाधानहरू विकास गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउने मा विश्वस्त छौँ ।'

एक्सयूभी ४०० ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार एक्सयूभी ४००काे २९ जुनबाट २०२४ बाट बुकिङ शुरू भएको भएको छ । एक्सयूभी ४००काे मूल्य ५२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यसमा ३९.४ किलोवाट ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

एक्सयूभी ४००ले ब्याट्री र मोटरमा ३ वर्ष वा ८ वर्षको स्ट्यान्ड्राड वारेन्टी, सुरक्षित र समस्यामुक्त अनुभव प्रदान गर्नेछ।ह्ग्ख्द्धण्ण् नेपालका दस भन्दा बेसी त्धष्ल एभबपक डिलरशिपहरू मार्फत विक्री वितरण गरिनेछ।

एक्सयूभी ४००को परिचयात्मक शोरूम मूल्य :

ब्याट्री साइज                        चार्जर प्रकार                                     शोरूम मूल्य

३९.४ kW                              CCS2                                           ५२,५0,000 रूपैयाँ

यसकासाथै, महिन्द्रा एक्सयूभी ४००मा उच्च क्षमताको ३९.४ kWh लिथियम-आयन ब्याट्री छ, जसले IP67-मूल्यमा टर्क प्रदान गर्दछ। यसले एक्सयूभी ४००लाई प्रतिघण्टा केवल ८.३ सेकेन्डमा ० देखि १०० किमीकाे गति दिन्छ। यसमा फर्स्ट-इन-क्लास मल्टि-ड्राइभ मोडहरू ((Fun, Fast, and Fearless) छन् जसले स्टेयरिङ, थ्रॉटल र रिजेनेरेटिभ ब्रेकिङलाई एकैसाथ ट्युन गर्दछ। 




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।