एक महिनामै १ अर्ब २१ करोड रुपैयाँको बीमालेख समर्पणः बीमा कम्पनीहरु दबाबमा, व्यवसायमा संकुचन आउन सक्ने चिन्ता

Jul 05, 2024 03:46 PM Merolagani



चालु आर्थिक वर्षको जेठ महिनामा एक अर्ब २१ करोड ६२ लाख ४० हजार रुपैयाँको बीमा पोलिसी समर्पण भएको छ । योसंगै बीमा कम्पनीहरु चर्काे दबाबमा परेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार गत जेठमा मात्रै १४ वटा जीवन बीमा कम्पनीहरुबाट १० हजार ९३५ वटा बीमा पोलिसीबाट उक्त पोलिसी समर्पण (सरेन्डर) भएको हो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २ हजार २०९ वटा पोलिसी समर्पण भएका छन् । उक्त पोलिसीहरुबाट कम्पनीको ३५ करोड ९७ लाख रुपैयाँ भुक्तानी रकम फिर्ता गरेको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको ३५ करोड ४९ लाख रुपैयाँ बराबरको ३ हजार ४६३ वटा, राष्ट्रिय बीमा कम्पनीको ११ करोड ३० लाख रुपैयाँ बराबरको १ हजार ४०८ वटा, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ६३ लाख रुपैयाँ बराबरको ६३६ वटा, मेट लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड २४ लाख रुपैयाँ बराबरको ३९२ वटा पोलिसी सपर्मण भएका छन् । त्यस्तै जेठ महिनामा एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाख रुपैयाँ बराबरको ७७६, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ३२ लाख रुपैयाँ बराबरको १४७ वटा, सिटिजन लाइफको १ करोड २३ लाख रुपैयाँ बराबरको २४६ वटा, सूर्यज्योति लाइफको ६ करोड ९७ लाख रुपैयाँ बराबरको ५९८ वटा, सानीमा रिलायन्स लाइफको १ करोड ६३ लाख रुपैयाँ बरारबको १२० वटा, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाख रुपैयाँ बराबरको ५६८ वटा, प्रभु महालक्ष्मी लाइफको ३ करोड ४२ लाख रुपैयाँको १८१ वटा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९१ लाख रुपैयाँ बराबरको १३४ वटा र सन नेपाल लाइफ इन्स्योरेन्सको ४४ लाख रुपैयाँ रुपैयाँ बराबरको ५७ वटा बीमा पोलिसी सपर्मण भएका छन् ।

स्मरणरहोस् जीवन बीमालेख समर्पण गर्नु भनेको बीमालेख सधैंका लागी रद्द गर्नु हो । त्यसरी बिमितहरुले बीमालेख समर्पण गर्दा बीमा कम्पनीको कारोबारमा संकुचन आउँछ । र, उनीहरुले भविश्यमा थप चुनौती भोग्नु पर्ने हुन सक्छ । त्यसैले बीमा कम्पनीहरु चिन्तित देखिएका छन् ।

बीमा प्राधिकरणले बीमा समितिले २०७८ असारदेखि लागू गरेको बीमालेख निर्देशिका २०७८ का अनुसार बीमालेखमा समर्पण मूल्य प्राप्त गर्न कम्तीमा ३ वर्षको किस्ता रकम पुरै भुक्तानी गरेको हुनुपर्छ । यसबाहेक बीमालेख जारी गरेको पनि ३ वर्ष पुरा भएको हुनुपर्छ ।

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।