रिलायन्सको शेयर निष्कासन तत्कालका लागि रोकियो, धितोपत्र बोर्डले गर्‍यो यस्तो निर्णय

Jul 10, 2024 02:50 PM merolagani



बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको सार्वजनिक निष्कासन तत्कालको लागि रोकिएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीको निष्कासन तत्कालको लागि रोक्ने निर्णय गरेको हो।

सार्वजनिक लेखा समितिले सात दिन भित्र कम्पनीले निष्कासन गर्न लागेको शेयर बारे जानकारी दिन भन्दै धितोपत्र बोर्डलाई पत्र लेखेको थियो। सोही पत्रका कारण कम्पनीको निष्कासन रोक्न लागिएको धितोपत्र बोर्डले जनाएको छ। “ कम्पनीको निष्कासन बारे लेखा समितिले बोर्डलाई पत्र लेखेको छ। सोही पत्रका कारण अहिलेलाई बोर्डले उक्त निष्कासन रोक्ने निर्णय गरेको हो” नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.नवराज अधिकारीले मेरो लगानी सँग भने।

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने सूचना निकालेको थियो। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको थियो।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।

बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा (१३)को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।