नेपाली युवा निकै जाेखिमपूर्ण मानिएकाे रुसी सेनामा, ३ लाख भन्दा बढी तलब, थप सुविधा के कति ?

Jul 10, 2024 04:58 PM Merolagani



पछिल्लो समय रुसी सेनाका विषयमा निकै चर्चा भइरहेको छ । नेपाली युवाहरु समेत रुसी सेनामा आवद्ध छन् । हालसम्म ४९ जना नेपाली युवाले रुस र युक्रेनको युद्धमा ज्यान गुमाइसकेका छन् । त्यसमाथि, अझै मृत्यु भएकाे भनिएका तर पुष्टि नभएका ४१ जना रहेका छन् ।

आकर्षक तलब, रूसी नागरिकता, पासपोर्ट र आवासीय सुविधा लगायतका प्रलाेभनमा परेर नेपाली युवाहरू रूसी सेनामा भर्ना भएका थिए।

रुसको चर्चा सामाजिक संजालमा चलिरहेकै बेला रुसी सेनाले पनि विश्वभर नै चर्चा बटुलेको छ । वास्तवमा, रुस र यूक्रेनबीच युद्ध चलिरहेको समयमा रूसलाई ठुलो संख्यामा सेनिकहरुको आवश्यकता परेको थियो । यसकासाथै, रुसी सेनाले युवाहरुलाई आकर्षक तलबका साथै भत्ता पनि दियाे। जसकारण धेरै युवा रूसी सेनामा भर्ना भए ।

रुसी सेनामा कति छन् सैनिक ?

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार रुसी सेनामा कुल ३५ लाख ७० हजार सैनिकहरू रहेका छन् । जसमध्ये १३ लाख २० हजार जना सक्रिय छन् भने २० लाख जना रिजर्भमा छन् । यसकासाथै २५ लाख प्यारा फाेर्समा छन् ।

कति पाउँछन् तलब?

एक रिपोर्टका अनुसार कुनै सैनिक रुसी सेनामा आवद्ध हुँदा उसलाई एक लाख ९५ हजार रुबेल साइन इन बोनसका रुपमा दिइन्छ ।

यसकासाथै, रुसको सेनाका तर्फबाट सैनिकहरुलाई प्रति महिना २ लाख १० हजार रुबेल तलब दिइने गरेको छ । रुसले सैनिकलाई अतिरिक्त भत्ता पनि दिन्छ ।

सैनिकले धेरै तलब भत्ता पाएकै कारणले अब ग्यास र तेल केन्द्रमा ४० हजार कामदारहरुको कमी आएको छ ।

रुसको एक रुबेलको नेपाली करिब एक रुपैयाँ ५२ पैसा हुन्छ । यस्तो अवस्थामा नेपाली रुपैयाँका हिसाबले तलब तीन लाख १९ हजार २०० रुपैयाँ हुन्छ ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।