प्रि ओपन सेसन अपडेटः करिब ३५ अंक बढ्यो नेप्से

Jul 14, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २९.२१ अंक बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३४.७९ अंक बढेर २२३९.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.३३ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १९२ स्टकको ८९४ पटकको कारोबारमा ६ करोड ८२ लाख ७३ हजार ७२७ रुपैयाँ १० पैसाबराबरको १ लाख ८० हजार ५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।