प्रि ओपन सेसन अपडेटः करिब साढे २० अंक बढ्यो नेप्से

Jul 15, 2024 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २० अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५२.९७ अंक बढेर २२५७.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.२५ अंक बढेर २२७७.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.५९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १३७ स्टकको ४८८ पटकको कारोबारमा ४ करोड ५५ लाख ९७ हजार २४ रुपैयाँ ६० पैसाबराबरको ८६ हजार ९०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११५ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।