प्रि ओपन सेसन अपडेटः करिब साढे २० अंक बढ्यो नेप्से

Jul 15, 2024 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २० अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५२.९७ अंक बढेर २२५७.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.२५ अंक बढेर २२७७.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.५९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १३७ स्टकको ४८८ पटकको कारोबारमा ४ करोड ५५ लाख ९७ हजार २४ रुपैयाँ ६० पैसाबराबरको ८६ हजार ९०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११५ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।