हालसालै, एप्पलमा रहेकाे यहिँ फीचर, एप्पल स्पिकरले परिवार र आवाजविहीन जनावरको ज्यान बचाएको छ।
अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकामा एप्पल होमपडले आगोमा परेको परिवार र घरपालुवा कुकुरको ज्यान बचाएको हाे । खासगरी, एप्पल होमपडले घरमा आगलागी भएको अलर्ट जारी गरेपछि घरमा रहेका मानिस र घरपालुवा कुकुरको उद्धार गरिएको थियो ।
फायर डिपार्टमेन्टले पाउनेछ अलर्ट
कोलोराडो स्प्रिंग्स फायर डिपार्टमेन्ट (CSFD)मा जुन २६मा इमरजेन्सी कल आयाे । यो फाेन बिहान करिब पाेने ५ बजे आएको थियो । दमकलको टोली घटनास्थल पुग्दा भान्साबाटै घरमा आगो लागेको पत्ता लगाएका थिए।
होमपडले समयमै गरायाे सचेत
त्यसपछि, घरका मालिकले कसरी आफ्नो होमपडले फायर डिपार्टमेन्टलाई अलर्ट पठाएर घरलाई आगोबाट बचाएको बताए । सीएसएफडीको फेसबुक पोष्टलाई उदृत गर्दै घरपालुवा कुकुरले चुलो नजिकै राखिएको बाकसबाट केही निकाल्न खोज्दा आगलागी सुरु भएकाे बताइएकाे छ ।
स्माेक अलार्म साउण्ड पत्ता लगाउने
यसैगरी, एप्पल होमपडले घरका मालिकलाई आगलागीको बारेमा सचेत गराएको थियो। त्यसमा स्माेक अलार्म साउण्ड पत्ता लगाउने सुविधा रहेकाे छ। यसपछि यो अलर्ट कनेक्ट गरिएको डिभाइसमा पठाइन्छ।
हाेमपड कहिले सुरु भयो?
एप्पलले २०१७ काे जुन ५ मा पहिलो पुस्ताको होमपड घोषणा गरेकाे थियाे। यो घोषणा एप्पल वर्ल्डवाइड डेभलपर्स सम्मेलनको समयमा गरिएको थियो। जसपश्चात २०१८ काे फेब्रुअरी ९ मा अन्तिम रिलीज गरिएकाे थियाे। त्यसपछि, २०२३ काे जनवरी १८ मा होमपडको दोस्रो पुस्ता सार्वजिक गरियाे।
दोस्रो पुस्ताको होमपडले साउण्ड क्वालिटी र कम्प्याक्ट डिजाइनमा सुधार गरेको छ। यसले एप्पलको S7 चिपसेटमा काम गर्छ। यसमा अल्ट्रा वाइडब्यान्ड सपोर्टको लागि एप्पल यू१ चिप ( Apple U1 chip) रहेकाे छ। यस बाहेक कनेक्टिभिटीका लागि यसमा वाइफाइ ४ र ब्लुटुथ ५ सपोर्ट गरिएको छ।