डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छलफल गर्न भन्दै ऊर्जामन्त्रीले बोलाए प्राधिकरण र उद्योगीहरुलाई

Jul 17, 2024 12:59 PM Merolagani



नव नियुक्त ऊर्जा मन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छलफल गर्न भन्दै नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुलाई आज मन्त्रालयमा बोलाएका छन् । निकै विवादकाे बिषय बनेकाे डेडिकेटेड र ट्रंक लाइनकाे समस्या समाधानका लागि उनले दुवै सराेकारवाला पक्षलाई छलफलका लागि बाेलाएका हुन् ।

प्राधिकरणले बिजुलीकाे बिल नतिरेकाे भन्दै उद्योगकाे लाइन काट्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उद्योगीहरुको गुनासो रहेको र उनीहरुले मन्त्रालयमा समेत निवेदन दिएकोले सराेकारवाला दुवै पक्षसँग छलफल गर्न बैठक बोलाइएको ऊर्जा मन्त्रालयकाे भनाइ छ ।

मन्त्रीकाे पहलमा बैठक बाेलाइएकाे एक उद्योगीले बताए ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।