डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छलफल गर्न भन्दै ऊर्जामन्त्रीले बोलाए प्राधिकरण र उद्योगीहरुलाई

Jul 17, 2024 12:59 PM Merolagani



नव नियुक्त ऊर्जा मन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि छलफल गर्न भन्दै नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरुलाई आज मन्त्रालयमा बोलाएका छन् । निकै विवादकाे बिषय बनेकाे डेडिकेटेड र ट्रंक लाइनकाे समस्या समाधानका लागि उनले दुवै सराेकारवाला पक्षलाई छलफलका लागि बाेलाएका हुन् ।

प्राधिकरणले बिजुलीकाे बिल नतिरेकाे भन्दै उद्योगकाे लाइन काट्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उद्योगीहरुको गुनासो रहेको र उनीहरुले मन्त्रालयमा समेत निवेदन दिएकोले सराेकारवाला दुवै पक्षसँग छलफल गर्न बैठक बोलाइएको ऊर्जा मन्त्रालयकाे भनाइ छ ।

मन्त्रीकाे पहलमा बैठक बाेलाइएकाे एक उद्योगीले बताए ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।