अर्थमन्त्री पाैडेलले 'ग्रिन सिग्नल' दिएपछि राष्ट्र बैंकले भाेलि नै माैद्रिक नीति ल्याउने तयारी

Jul 18, 2024 12:12 PM Merolagani



अर्थतन्त्र चलायमान बनाउने गरी केहि लचिलो व्यवस्थासहित नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले उच्च व्यवस्थापन समितिमा आजै छलफल गरी शुक्रबार बेलुकासम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो।

अर्थमन्त्री विष्णु पौडेलसँग बुधबार गभर्नर महाप्रसाद अधिकारीको छलफल सकारात्मक भएपछि राष्ट्र बैंकले शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको हो। केन्द्रीय बैंकले भोलि शुक्रबार नै सञ्चालक समितिमा छलफल गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बताएको छ।

राष्ट्र बैंकले यसपटक अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारी गरेको छ। तथ्याँक समेत लचिलो नीति ल्याउन अनुकुल रहेको र अर्थमन्त्री पौडेलको गभर्नर महाप्रसाद अधिकारीसँगको सम्बन्ध सरकारात्मक रहेकोले मौद्रिक नीतिमा थप लचिलो बन्ने देखिएको हो। राष्ट्र बैंकले यसपटक निर्माण क्षेत्रलाई विशेष सहुलियत दिने देखिएको छ।

यस्तै घरजग्गा र शेयर बजारमा पनि केन्द्रीय बैंकले थप लचिलो बन्ने संकेत दिएकाे छ। शेयर धितो कर्जाको जोखिमभार घटाउने तयारी राष्ट्र बैंकको छ। यसैगरी बैंकहरुको नाफा बढ्ने गरी केहि नीतिगत परिवर्तन राष्ट्र बैंकले गर्न खोजेको छ।

आगामी आर्थिैक वर्षमा कर्जा लगानी बढाउने गरी मौद्रिक नीति आउन लागेको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।