सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Jul 21, 2024 10:56 AM Merolagani



साउन ६ गते, आईतबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो ।

#C# नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी तोलामा एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।