सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Jul 21, 2024 10:56 AM Merolagani



साउन ६ गते, आईतबार सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो ।

#C# नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी तोलामा एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।