प्रि ओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

Jul 21, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५९.६८ अंक बढेर २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१६ अंक बढेर २४३१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ८५ स्टकको २५६ पटकको कारोबारमा १३ करोड २३ लाख ५९ हजार ३९३ रुपैयाँ ५० पैसाबराबरको २ लाख ४१ हजार ६४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २२ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।