अब शेयर बजारमात्र होइन देशको पुरै बजार चलायमान हुनेछः प्रधानमन्त्री ओली

Jul 21, 2024 02:34 PM Merolagani



प्रधानमन्त्री केपी ओलीले अब शेयर बजारजस्तै देशको सबै बजार चलायमान हुने बताएका छन्। संसदमा विश्वासको मत लिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

५० लाख बढी जनता संलग्न शेयर बजार पछिल्लो दुई सातादेखि सकारात्मक रहेको बताए। "५० लाख संलग्न शेयर बजार पछिल्लो दुई सातामा नै ४०० अंक बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ, हाम्रा सरकारप्रति जनताले देखाएको विश्वास यो हो," उनले भने "अब शेयर बजार मात्र होइन देशको सबै बजार चलायमान हुने छ।"

सिँगो देशलाई चलायमान बनाउने आत्मविश्वास आफुसँग रहेको उनले बताए।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।