सर्भरमा समस्या देखिँदा यातायात कार्यालयको काम प्रभावित

Jul 22, 2024 03:23 PM Merolagani



साेमबार नेपालका यातायात कार्यालयको काम प्रभावित बनेकाे छ । आज बिहानबाट सर्भर डाउन भएकाले यातायात कार्यालयकाे काम ठप्प भएकाे हाे ।

देशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सबै यातायात कार्यालयहरुको काम सर्भरमा समस्या आउँदा प्रभावित भएको छ ।

सर्भरमा समस्या देखिँदा यातायातसँग सम्बन्धित काम गर्न नपाएकाे सेवाग्राहीहरूले गुनासाे गरेका छन् । यद्धपी अहिले प्राविधिक टोलीले सर्भर सिस्टममा ल्याउने काेशिस गरिरहेका छन् ।

 

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।