सर्भरमा समस्या देखिँदा यातायात कार्यालयको काम प्रभावित

Jul 22, 2024 03:23 PM Merolagani



साेमबार नेपालका यातायात कार्यालयको काम प्रभावित बनेकाे छ । आज बिहानबाट सर्भर डाउन भएकाले यातायात कार्यालयकाे काम ठप्प भएकाे हाे ।

देशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सबै यातायात कार्यालयहरुको काम सर्भरमा समस्या आउँदा प्रभावित भएको छ ।

सर्भरमा समस्या देखिँदा यातायातसँग सम्बन्धित काम गर्न नपाएकाे सेवाग्राहीहरूले गुनासाे गरेका छन् । यद्धपी अहिले प्राविधिक टोलीले सर्भर सिस्टममा ल्याउने काेशिस गरिरहेका छन् ।